पत्रपत्रिका

कर्मचारीको विवरण पठाउन तीन दिने अल्टिमेटम

काठमाडौं । सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले जिसस (साविकका जिल्ला विकास समिति) मा साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को प्रावधानअनुसार स्थायी नियुक्ति भएका कर्मचारीको विवरण इमेलमार्फत तीन दिनभित्र अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।