तस्विरहरु

रारातालको मनै लोभ्याउने सौन्दर्य (फोटो फिचर)

काडमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट आउने पर्यटकका लागि मन लोभ्याउन सफल ‘राराताल’ नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।

राराताल समुद्री सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्राकृतिक सौन्दर्यता :

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारातालको अर्को एक थप विशेषता के छ, भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ ।

रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ ।


रारातालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारादह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।

फोटोमा हेर्नुहोस् रारातालको सौन्दर्य :

Rara Lake @ Arthatantra (26)

Rara Lake @ Arthatantra (14)Rara Lake @ Arthatantra (15)

Rara Lake @ Arthatantra (16)Rara Lake @ Arthatantra (17)

Rara Lake @ Arthatantra (21)

Rara Lake @ Arthatantra (24)

Rara Lake @ Arthatantra (25)

Rara Lake @ Arthatantra (26)