समाचार

२५ जना भ्रष्टाचारी र २ दलाल बिरुद्ध अख्तियारको मुद्धा, भ्रष्टाचारको अखडामा लगायो नजर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसंधान आयोगले बैदेशीक रोजगार बिभागका २५ जना कर्मचारीहरु बिरुद्धछ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको  छ । अख्यितयारले १८४ जना महिलालाई बिना बिषा कुवेतको श्रमस्वीकृती दिएको आरोपमा दुईजना दलाल र २५ कर्मचारी बिरुद्ध मुद्धा दायर गरेको हो ।

भ्रष्टाचारको आरोप लागेकाहरु शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओली छन् भने सुब्बाहरु अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन् खत्री, विष्णुहरि निरौला, दिलबहादुर मदन गिरी, खगेन् पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, र केशवराज ढुंगाना रहेका छन् ।

यसैगरी कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्ब बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाट र दुई दलालमा राजिवकुमार पञ्जियार र विकास थापा रहेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता मदन कोईरालाले जानकारी दिएका छन् ।

मानवीय समबेदनाबिपरीत बैदेशीक रोजगार ऐन २०६४ बिपरीत काम गरेकाले उनीहरु बिरुद्ध कारबाहीका लागी सिफारिस गर्नुपरेको अख्तियारको ठहर छ । यो सरकारी अड्डामा सामूहीक भ्रष्टाचार बिरुद्ध अख्तियारको ठूलै कारबाही हो ।