अन्तर्राष्ट्रिय

विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त

संयुक्त राष्ट्रसङ्घ । जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात कर्मचारी दुर्घटनामा परेका थिए । यस घटनाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो दुःख व्यक्त गरेको उनका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारजन र जोर्डन सरकारलाई उनले समवेदना व्यक्त गरेको सो विज्ञप्तिमा जनाइएको छ । उद्धारकार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यस बाढीको प्रकोपमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको र त्यसमा धेरैजसो सो विद्यालयका विद्यार्थी रहेका छन् । दुर्घटनामा परेका केहीलाई उद्धार गरिएको छ भने केही अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । वेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ ।