राजनीति

कांग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।

काँग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराध गर्नेलाई कार्बाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने तर्क गरेका थिए ।

नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्बाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराए । उनले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको आरोप पनि लगाए ।
कांग्रेस नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावी पनि गरे ।