राजनीति

केपी ओली र राप्रपा गलत भएको भन्दै सुदूरपश्चिमबाट काँग्रेस प्रबेश गर्नेको लाग्न थाल्यो लर्को

डोटी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले तीन दर्जनभन्दा बढी अन्य पार्टीका कार्यकर्तालाई काँग्रेस प्रबेश गराएका छन् । गृहजिल्ला डोटीको शिखर नगरपालीकामा भएको एक कार्यक्रममा राप्रपा, नेकपा लगायतका कार्यकर्तालाई नेपाली काँग्रेसमा पूर्बमन्त्री समेत रहेका नेता बलायरले स्वागत गरेका थिए ।

प्रबेश गर्नेहरुमा राप्रपा वडाध्यक्ष गणेश जोरा लगायत रहेको बताईएको छ । काँग्रेस प्रबेस गराएपछि काँग्रेसले मात्रै देशको मुहार फेर्न सक्ने हुंदा सबै देशबासीले काँग्रेसलाई माया गर्नुपर्ने समय आएको भन्दै नेता बलायरले टीका लगाएर काँग्रेस प्रबेस गराएका थिए ।

काँग्रेस प्रबेश गर्नेहरुले कम्युनिष्ट पार्टीले केही गर्ला कि भनेर बिश्वास गरेको तर कम्युनिष्ट भन्दा देश बिकासका लागी काँग्रेस नै राम्रो रछ भन्दै आईन्दा कसैको पनि कुरा नसुनी काँग्रेसमा बसिरहने प्रण सहित पार्टी प्रबेश गरेको बताएका थिए । उनीहरुले राप्रपा सधैं फुटमा रमाउने, राजसंस्था र हिन्दू धर्मलाई कमाई खाने भाँडोमात्र बनाउने ध्याउन्नमा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खोक्रो राष्ट्रियता र बिकासका गलत पाठ पढाएको आफूहरुलाई मन नपरेकोले लोकतन्त्र रक्षाका लागी काँग्रेसलाई बिश्वास गर्ने बताएका छन् ।
पछिल्लो समयमा पूर्बमन्त्री बलायर गृहजिल्लामा काँग्रेस बलियो बनाउने अभियानमा ब्यस्त छन् ।