समाचार

निर्मला पन्तका बलात्कारी/हत्यारा लुकाउने एसपी बिष्ट र निरिक्षक बर्खास्त

काठमाण्डौ । निर्मला पन्तको बलात्कारी र हत्यारालाई अनुसंधान गरी कारबाहीको दायरामा ल्याउन नसकेको आरोपमा एसपी डिल्लीराज बिष्ट र प्रहरी निरिक्षक जगदीश भट्टलाई गृहमन्त्रालयले बर्खास्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयको रिपोर्टपछि उनीहलाई कारबाही गरिएको गृहमन्त्रालयले जनाएको छ । सावन १० गते कञ्चनपुरकी १३ बर्षीया बालीका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका पमाण मेटाउने कार्य एसपी बिष्टले गरेको आरोप लाग्दै आएको छ । उनी निर्मलाको बलात्कारपछि हत्या हुंदा कञ्चनपुर प्रहरी प्रमुख थिए । छानबिन टोलीले भदौ १० र ३१ गते निलम्बनमा परेका एसपी बिष्ट र निरिक्षक भट्लाई उक्त घटनामा दोषी देखानएपछि गृहमन्त्रालयलाई कारबाही गर्ना बाटो खुलेको हो ।
निर्मला पन्त हराएको खबर राती १द्द बजे आएको थाहा पाएपनि तत्काल खोजतलास नगरेको, बलात्कार तथा हत्यासँग सम्बन्धी प्रमाणहरु भित्री वस्त्र पानीमा पखाल्जने कार्य गर्नु, यौनाङ्ग तथा तिघ्रा पखाल्ने, कपडाहरु हराएको, नेपालमा नभएका मृतकका बाबुको दस्ताखत गराइएको तथा मृतकको शव जनाउन अनावश्यक दबाव दिएका लगायतका आरोपहरु एसपी बिष्टलाई लगाइएको छ । पटक पटक समितिहरु बनाईएको पनि पछिल्लो पटकको समितिले तयार गरेर बुझाईएको रिपोर्टका आधारमा दुई प्रहरी अधिकारी भबिश्यमा सरकारी सेवामा योग्य रहनेगरी निलम्बनमा परेका छन् ।
बलात्कारीलाई फाँसी दिनुपर्ने माग आईरहेका बेला उनीहलाई भबिश्यमा सरकारी सेवामा रहनेगरी कारबाही गर्नु भने गलत भएको टिप्पणी हुन थालेको छ ।