राजनीति

काँग्रेसले बाँस्तोलाजस्तो अनुशासित नेता गुमायोः नेता सिटौला

भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चक्रप्रसाद बाँस्तोला अद्भूत निर्णायक क्षमता भएका अनुशासित काङ्ग्रेस कार्यकर्ता भएको बताएका छन् ।

झापाको बिर्तामोडमा नेता बाँस्तोलाको १३औँ पुण्यतिथिको अवसर पारेर आज आयोजित श्रद्धाञ्जलिसभामा उनले भने, “काङ्ग्रेसभित्र अहिले अनुशासन भत्किएको छ, हामी सबै महत्वाकाङ्क्षी भएका छौँ । चक्र बाँस्तोलाजीबाट हामीले अनुशासनको पाठ सिक्नुपर्छ ।”

काङ्ग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका केन्द्र तथा जिल्लास्तरका नेताले बाँस्तोलाले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।