विचार/ब्लग

सामाजिक सञ्जालका कारण प्रेमी-प्रेमीका र श्रीमान-श्रीमतीबीच दुश्मनी बढ्यो

गीत भण्डारी/सामाजिक सञ्जालको सही रुपमा प्रयोग गरे त्यसबाट सबैलाई फाईदा हुन्छ । यसको सदुपयोगसँगै दुरुपयोग भएका उदाहरणहरु हाम्रा सामू धेरै छन् । बिश्वभर एक अर्ब मानिसले फेसबुक चलाउछन् भने सामाजिक संजाल चलाउनेको संख्या दुई अर्ब २३ करोड हाराहारीमा छ ।
सामाजिक संजालको प्रयोग गरिरहेका हुन्छन् । हिजोआज बिश्वभर सामाजिक सञ्जाल प्रयोग नगर्ने मानिस भेटिन गाह्रो नै होला । बच्चा देखि लिएर युवा, बुढा सम्मकाले यसको प्रयोग गरी रहेका छन् । आजकाल मानिसहरु आफ्नो काम छोडेर पनि सामाजिक सञ्जाल ह्वाट्सअप, भाईवर, फेसबुक, ट्वीटर, यूट्युव लगायतका सामाजिक संजालमा ब्यस्त हुन्छन् । सबैले यस्को पयोग गरीरहेका छन् । धेरैजसोले आफन्तजन, इष्टमित्र, साथीसंङ्गीसंग फोन कुराकानी गर्न, फोटो पठाउन, म्यासेजबाट कुरा गर्न सामाजिक सञ्जालको प्रयोग गरिहेका हुन्छन् । सदुपयोग गर्न जानेमा सामाजिक सञ्जालका विभिन्न फाईदाहरु छन् यसले कसैलाई पनि विश्वको जुनसुकै कुनामा भएका व्यक्तिसंग जोडिन सहयोग गर्छ । मानिसको शारीरिक दुरीलाई अलिकति भए पनि कम गर्दछ । सामाजिक सञ्जाल मार्फत हामी घरमै बसेर सजिलै कतिपय ज्ञानगुनका कुरा पढ्न, हेर्न र सिक्न सक्छौँ । यूट्यूवमा भिडियो अप्लोड गरी, फेसबुक, ट्वीटरमा सेयर गरी, गरेर पनि पैसा कमाउने मानिसको गरि खाने बाटो पनि बनेको छ । अनलाईन मार्फत हामीले घरमै बसेर आफुलाई मन परेका सम्पुर्ण समान सजिलै सपिङ् पनि गर्न सक्छौ । कुनै पनि कुराको फाइदा र बेफइदा हुन्छन् । सदुपयोग गरे राम्रो नतिजा आउँछ भने दुरुपयोग गरेमा नकारात्मक प्रभाव देखा पर्छन् । सामाजिक सञ्जालले हामीहरुलाई सजिलै यूट्यूवबाट नआएको मीठो–मीठो खानाको परिकार हेरेर सजिलै पकाउँन पनि सक्छौँ । हामी कतै नयाँ ठाउँमा गएर अलपत्र पयौं भने पनि म्यापबाट सजिलैसँग खोज्न सक्छौँ ।

धेरैजसोले आफन्तजन, इष्टमित्र, साथीसंङ्गीसंग फोन कुराकानी गर्न, फोटो पठाउन, म्यासेजबाट कुरा गर्न सामाजिक सञ्जालको प्रयोग गरिहेका हुन्छन् । सदुपयोग गर्न जानेमा सामाजिक सञ्जालका विभिन्न फाईदाहरु छन् यसले कसैलाई पनि विश्वको जुनसुकै कुनामा भएका व्यक्तिसंग जोडिन सहयोग गर्छ । मानिसको शारीरिक दुरीलाई अलिकति भए पनि कम गर्दछ । सामाजिक सञ्जाल मार्फत हामी घरमै बसेर सजिलै कतिपय ज्ञानगुनका कुरा पढ्न, हेर्न र सिक्न सक्छौँ ।

जति यसका पाईदा छन् त्यति नै बेफाईदा पनि छन् । सामाजिक सञ्जालका कारण धेरैको जिवन धरापमा पारिएको छ । धेरै जसो लाई त घर न घाटको बनाई दिएको छ । सामाजिक सञ्जालको दुपयोग बाट समाजमा विकृती, विसंगती बढ्दै गएको छ । इन्टरनेटको सुविधा पाएपछि मानिसहरु आफ्नो काम काज छोडेर पनि घण्टौं–घण्टौंसम्म पनि सामाजिक सञ्जालमा भुल्न थालेका छन् । आजकल चुरोट, रक्सी, लागू औषधलाई मात्रै नसा वा कुलत भन्दैनन् । अर्को नसा भनेको इन्टरनेट, प्रविधि र सामाजिक संजालको लाई समेत कुलत भन्न थालेका छन् । ईन्टरनेट वा कम्प्युटरमा झुण्डिरहने बानीले मानिसको दिमागमा नराम्रो असर पारेको वैज्ञानिकहरुले बताउने गरेका छन् । सोच्ने क्षमतामा पनि कमि ल्याउँछ । हिजोआज सामाजिक सञ्जालका कारण कम उमेरमा विवाह गर्ने क्रम दिनप्रतिदिन बढ्दै गईरहेका छन् । सामाजिक सञ्जाल अर्थात फोनबाट चिनजान भएकै भरमा छिटो समयमा र प्रत्यक्ष रुपमा नदेखेर फेसबुक वा फोनमा कुरा गरेकै भरमा केटा, केटीले विवाह गर्ने र विवाह गरेकै केहि दिनमै समबन्ध विच्छेद हुने घटना पनि कम भएका छैनन् । सामाजिक सञ्जालमा बिना प्रसँग शान्ति सुरक्षामा खलबल पुग्ने र व्यक्तिको चरित्र हत्या हुनेगरी गलत कुरा सम्पे्रषण गर्ने पनि गर्दछन् ।

अरुको भिडियो बिना अनुमति कपिराइट गरेर अप्लोड गर्ने पनि गर्छन् । फेक न्युज अर्थात झुठा समाचार सामाजिक सञ्जालमा हाल्ने गर्दछन् । युट्युब लगायतका सामाजिक संजालमा निजी च्यानल बनाएर सञ्चालन गर्नेको संख्या बृद्धी  हुँदै गएको छ ।

अर्काको फेक आइडी बनाएर बेइज्जत गर्ने, अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता विकृति फैलिदै गएका छन् । कतिपय फेसबुक अकाउण्टमा नाम एउटा हुन्छ भने मान्छे अर्कै हुन्छ अनि फोटो पनि अर्केको हाल्ने गर्दछन्, यस्तो कृयाकलाप गैरकानुनी भन्दै कतिपय समयमा नेपाल प्रहरीले पक्राउ गरी संलग्नलाई कारबाही समेत गरेको समाचार आएका छन् । सामाजिक सञ्जालमा मानिस अनावश्यक रुपमा दुरुपयोगमा लाग्दा दम्पती बीचको सम्बन्ध टुटेका उदाहरण समेत हाम्रो समाजमा छन् । सामाजिक सञ्जालकै कारणले सम्बन्ध विच्छेदको घटना बढेको प्रहरीको रेकर्ड समेत भन्छ । सामाजिक सञ्जालले प्रेमी प्रेमीका, दाम्पती बीचमा शका पैदा गर्ने मात्र नभई झगडाको विऊ नै रोपेको छ । धेरजसो श्रीमान श्रीमति बीचको झगडा सामाजिक सञ्जालकै निहुँमा हुन्छ, फेसबुकको पासवर्ड एक अर्कालाई नदिदा पनि सम्बन्ध टुटेका हामीले देखे सुनेकै कुरा हो ।

आफ्नो मर्यादा पार गरि संबन्धीत ब्यक्तीको स्विकृति विना अरुको फेसबुक आईडी ह्याक गरेर चलाउने, फेसबुक ट्वीटर यूट्युबलाई जथाभावी प्रयोग गर्ने अनि नराम्रा कुरा पोष्ट गर्ने जस्ता अनैतिक र गैरकानूनी क्रियाकलापहरु भईरहेका घटना हामी देखिरहेका, सुनिरहेका र भोग्दै आएका छौं । अर्काको फेसबुक ह्याक गर्ने, इन्टरनेटको दुरुपयोग गरी सर्ब साधारण व्यक्तिलाई दुख दिने, सताउने जस्ता कार्य गर्ने व्यक्ति एउटा अन्तराष्ट्रिय कानून अनुसार नै अपराधी नै मानिन्छ । जसले गर्दा मानिस आत्माहत्या गर्न वाध्य हुन्छन् । सामाजिक सञ्जालले गर्दा कतिपय ब्यक्ती परिवार घरवार विहीन पनि भएका छन् । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिएर गर्नुहोला कसैलाई अप्ठ्यारो पर्ने स्टाट्स नराखनु होला सामाजिक सञ्जालको सदुपयोग गरौं, दुरुपयोग नगरौं ।