आर्थिक

सिभिल बैंक र यूनियनलाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।

अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ६९ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यस अघिपनि जीवन वीमाकम्पनिहरु मेटलाइफ, एलआईसी नेपाल र रिलायबल नेपाललाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।