आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखा मानेञ्ज्याङ्गमा

कठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाबाट बिहिबार उद्घाटन सम्पन्न गरिएको छ ।

समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी लक्ष्मी प्रपन्न निरौलाले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सभ्यपूर्वक सहभागी भई स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआई सी एशिया बैंकको प्रशंसा गरे । समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले उपस्थित सबैलाई धन्यवाद दिए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखाकार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।