सामाजिक सञ्जाल

यस्तो छ आगोजस्तै दन्किरहेको #Me Too को नालीबेली: नेपालका भिआईपीको पोल खुल्दैँ !

हेम राज जोशी/काठमाडौँ । हैन, हैन यसमा मन्त्रीहरुको राजिनामा हुदैँन भाई । यो युपिए सरकार होईन यो त एनडिए सरकार हो ।

माथिको त्यो भनाई भारतीय गृहमन्त्री राजनाथ सिंहको थियो । जुन भनाई उनले सन् २०१५ मा ललित मोदी मसलेलाई बसुन्धरा राजे र सुष्मा स्वराजको बचाउ गर्दै बोलेका थिए ।

विभिन्न मुद्धामामलाहरु भए, त्यसपछि मन्त्रीहरुको राजिनाको माग चर्को रुपमा उठ्यो । तर नरेन्द्र मोदी सरकारलाई यस्तो कहिले भएको थिएन् जुन केही दिनमा अगाडी मात्रै भएको बिबिसी हिन्दीले उल्लेख गरेका छ ।

 

गत साता प्रधानमन्त्री मोदीको कार्यकालमा पहिलोपटक एक राज्य मन्त्रीले राजिनामा दिनुपर्यो । आफू माथि लागेको आरोपका कारण विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट हात धुनुपर्यो ।

यो आरोप #Me Too अभियान मार्फत उनी माथि लागेको थियो । राजिनामा गर्नुभन्दा दुईदिन अगाडी अकबरले आफूमाथि यौन आरोप लगाउने महिला पत्रकार माथि मुद्धा दायर गरेका थिए ।

विभिन्न मुद्धालाई लिएर सडक देखि सदन सम्म कसैले गर्न नसकेको अहिले #Me Too अभियानले सामाजिक सञ्जालमा तहल्का मच्चाएर सावित गरेको छ । #Me Too अभियानले भिआईपी र भिभिआईपीको समेत पोल खोली रहेको छ । भारतमा यसको असर अब देखिन थालेको छ । केही दिन अगाडी बलिवडकी पूर्व अभिनेत्री तनुश्री दत्तले आफू माथि यौन दुर्वव्यवहार गरेको आरोप लगाएसँगै भारतमा #Me Too अभियानको सुरुवात भएको थियो । जसपश्चातः महिला मुखरित भए ।

कार्यक्षेत्रमा यौन उत्पीडन विरुद्ध बलिवडबाट सुरु भएको यो अभियान अहिले विस्तारै विस्तारै मिडिया, कला, कमेडी, टिभी, राजनीति लगायत अन्य व्यावसायिक क्षेत्रमा आगोझैँ दन्किरहेको छ ।

महिलाहरु आफूमाथि भएको यौन दुव्र्यवहारका बारेमा खुलेर मुख बोल्न थालेका छन् । शक्ति र पैँसाको आडमा दबाईने गरेका आवाज अब सोसल मिडियामा आएको #Me Too अभियानले बुलन्द गरिदिएको छ ।

तर यो अभियान कहिले सुरु भएको हो भन्नेबारेमा केही समाचारहरु र मिडियाले गरेको दाबी अनुसार गत बर्षको अक्टुबरमा हलिवडका शक्तिशाली फिल्म निर्माता हार्वी वाईस्ंटानका विरुद्ध भएको थियो । हलिवडकी धेरै चर्चित अभिनेत्रीहरुले उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाए पश्चात हार्वीलाई गिरफ्तार समेत गरिएको थियो । यो अभियानमा धेरै अभिनेत्रीहरु एकमत भएर यस्तै निर्माताहरुको करियर समेत बर्बाद गरेका थिए ।

समाचार र मिडियाले जेजस्तो दाबी गरेपनि तर यो अभियानको वास्तविकता यस्तो छः–
अक्टुबर २०१७ मा महिलाहरुले ह्यास ट्याग सहित आफूमाथि गरिएको दुव्र्यवहारको हमलाबारेको कहानी सामाजिक सञ्जालहरुमा सेयर गर्न थालेका थिए । अंग्रेजी अनलाईन गार्जियनका अनुसार एक अमेरिकी सामाजिक कार्यकर्ताले मि टु शब्दावलीको सन् २००६ सालमै प्रयोग सुरु गरेको थियो ।

तर यो शब्दावली तब प्रचलनन्मा आएको थियो जब सन् २०१७ मा एक अमेरिकन अभिनेत्री अलिसा मिलानो ले ट्वीटरमा प्रयोग गरेकी थिईन् । मिलानोले आफू माथि भएको यौन उत्पीडनको घटनाक्रमका बारेमा मि टु को प्रयोग गरेकी थिईन तर मान्छेहरुले यसलाई यो कति ठूलो समस्या हो भनेर सोचे ।

उनको यो कोशिस सफल भयो र #Me Too को ह्रयासट्याग सहित प्रयोग गर्ने महिलाहरु बढ्दैँ गए । ह््यासट्यागका रुपमा ३ःभत्यय लाई तबदेखि महिलाहरुले उच्च स्तरमा संसारभरि प्रयोग गर्न थालेका छन् ।

नेपालमा #Me Too
नेपालमा सामाजिक सञ्जालको यो अभियान रेडियो पत्रकार रश्मिला प्रजापति पत्रकारले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवम् प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा योजना मन्त्री केशव स्थापितले आफूमाथि १५ बर्ष अगाडी यौन उत्पीडन गरेको र उनको व्यवहार र चरित्र अहिले पनि उस्तै रहेको गम्भीर आरोप लगाएकी छन् ।

पछिल्लो समय भारतमा चलिरहेको ‘मि टु’ #Me Too सामाजिक सञ्जाल अभियानकै शैलीमा पत्रकार महिला रश्मिला प्रजापतिले फेसबुकमार्फत यस्तो खुलासा गरेकी हुन् ।

उनले १५ बर्षअघिको घटना स्मरण गर्दै स्थापित मेयर हुँदाका घटना सार्वजनिक गरेकी हुन् ।

उनले नेपालका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको खुलासा गरेकी छन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले लेखेकी छन् ।

पत्रकार प्रजापतिले लगाएको आरोप पुष्टि भयो भने मन्त्री स्थापितको पद र चरित्रमा ठूलो धक्का लाग्नेछ । उसो त यो आरोपका विरुद्ध पत्रकार रश्मिला प्रजापतीको नाममा मन्त्री स्थापितले मुद्धा दायरको तयारी समेत गरेका छन् । यो #Me Too अभियानले नेपालमा पनि उग्र रुप लिने कुरालाई नर्कान सकिदैन ।