सुदूरपश्चिम

बौलाहा स्यालले आतङ्क मच्चाए

बाजुरा । बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् ।

बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको पाठोलाई टोकेको थियो । यता पशु सेवा केन्द्रमा रेबिजविरुद्धको खोपसमेत सकिएको र नयाँ आर्थिक वर्षका लागि खरीद नभएको पशु चिकित्सक भरत जोशीले जानकारी दिए । वडाध्यक्ष नृप खत्रीले इलाका प्रहरी चौकी कोल्टीमासो घटनाबारे जानकारी गराउनुका साथै मानिस तथा पशु चौपायालाई सुरक्षित हुन आग्रह गरिएको बताए ।