पर्यटन/संस्कृति

नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन सम्मेलन कात्तिक १३–१४ मा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चीनको संस्कृति मन्त्रालय, चिनियाँ संस्कृति तथा अनुवाद प्रवद्र्धन सहयोग केन्द्रको आयोजनामा यहाँ ‘नेपाल चीन संस्कृति प्रवद्र्धन तथा प्रकाशन, प्रथम काठमाडौँ सम्मेलन’ यही कात्तिक तेस्रो हप्ता सम्मेलन हुने भएको छ । कात्तिक १३–१४ गते हुने सम्मेलनमा अनुवाद साहित्य र त्यसको प्रकाशन अवस्था तथा आगामी दिनमा साहित्य, संस्कृति तथा दर्शनसम्बन्धी कृति नेपालीबाट चिनियाँमा र चिनियाँबाट नेपालीमा प्रकाशन गर्ने विषयमा छलफल हुने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

अनुवाद र प्रकाशन सम्बन्धमा नेपाली र चिनियाँ विद्वान्बाट चार कार्यपत्र प्रस्तुत हुने सो सम्मेलनमा चीनका लेखक, अनुवादक र प्रकाशक तथा नेपालका अनुवादक र प्रकाशकको सहभागिता हुने बताइएको छ । यसैबीच प्रज्ञा¬प्रतिष्ठानको प्राज्ञसभा र प्राज्ञ परिषद्लाई पूर्णता दिइने काम आगामी तिहारअघि सम्पन्न गर्न गृहकार्य भइरहेको जनाइएको छ । प्राज्ञसभामा संस्कृति सचिव पदेन सदस्य हुृने र ३५ जना विभिन्न क्षेत्रबाट मनोनयन गरिने प्रावधान छ । संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा रहेको छनोट समितिमा प्रा कैलाशनाथ प्याकु¥याल र प्रा मोहन लोहनी सदस्य रहेका छन् ।