राजनीति

आज बसेको नेकपा सचिवालय बैठकमा के–के भयो ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दुई सदस्यीय कार्यदल गठन गरेको छ । प्रदेश सदस्यहरु चयनका लागि बिहिबार बसेको सचिवालय बैठकले महासचिव बिष्णु पौडेल र रामबहादुर थापा बादल सम्मिलित दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

बैठक सकिएपछि यसबारेमा जानकारी दिदैँ कार्यदलका एक सदस्य बिष्णु पौडेलले सञ्चारकर्मीसँग भने, ‘कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने, प्रदेश सदस्यहरुको नाम चयन गरेर सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी रामबहादुर थापा र मलाई दिईएको छ ।’ त्यस्तै आजको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मेवारी समेत पाएको छ ।

निश्चित मापदण्डका आधारमा प्रदेश सदस्यहरु चयन गरिने पार्टी महासचिव समेत रहेका कार्यदल सदस्य पौडेलले बताए । पार्टीका प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन भईसकेका छन् ।