आर्थिक

ओयो १५१ होटेल स्नोल्याण्डको शुरुवातसँगै पोखरामा अब ओयोका ५०० कोठा

पोखरा । दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलाले पोखरामा होटेल स्नोल्याण्डको उद्धघाटनसँगै आफ्नो बिशिष्ठ कोठाहरुको सङ्ख्या ५०० पुर्याएको छ । ४२ कोठा भएको यो होटेलको उद्धघाटन पोखरा महानगरपालिकाका माननीय प्रवक्ता धनबहादुर नेपालीबाट एक भव्य समारोह बिच भएको थियो । पोखरा प्रीमियर लिगको हस्पिटालिटि पार्टनर रहेको ओयोको यस होटेलले सो समयमा सयौं ग्राहकहरुलाई आथित्य प्रदान गर्नेछ । उचित मूल्यमा नयाँ प्रविधीबाट सन्चालित एउटा सुन्दर बस्ने ठाउँको आफ्नो मिसन अनुरुप ओयोले यो विस्तार गरेको हो ।

उद्घाटनलाई सम्बोधन गर्र्दैै सम्माननिय प्रमुख अतिथि, पोखरा महानगरपालिकाका माननीय प्रवक्ता श्री धनबहादुर नेपालीले भने, “ओयोकोे नेपालमा होटेल संचालनको यस यात्रामा सहभागी हुँदै आज मैले होटेल स्नोल्याण्डको उद्घाटन गर्ने मौका पाएकोमा म एकदमै हर्षित छु । ओयो उद्यमशीलताको भावना र इनोभेशनको एउटा रोचक कथा हो र यो नयाँ उद्घाटनले देशमा प्रौद्योगिक र आतिथ्य क्षेत्रमा ठूलो विकास ल्याउनेछ । म ओयोको पूरै टीमलाई नेपालमा आफ्नो यात्राको लागि शुभकामना दिन चाहन्छु ।’’

नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानिले टिप्पणी गरे, “नेपालमा ओयोको सुरुवात अप्रिल २०१७ बाट गरिएको थियो र सुरुवातदेखि नै हाम्रो आतिथ्यमा राम्रो प्रतिक्रिया पाएका छौं । ओयोमा हामी होटल मालिकसँग नजिक मिलेर काम गर्छौ, जसमा उनीहरुलाई प्रविधिको माध्यमसंगै अझै राम्रो आतिथ्य कसरी प्रदान गर्ने भन्ने बारेमा सशक्त मद्दत गर्ने गरेका छौं ।

हाम्रो प्राविधिक सहयोगले उनीहरुलाई होटेल सन्चालनमा अझ सशक्त भई उच्च गुणस्तरीय ग्राहक अनुभव प्रदान गर्न मद्दत पुगेको छ । यस कार्यमा सहयोग दिनका लागि हामीले अनलाइन र अफलाइन माध्यमबाट कर्मचारी प्रशिक्षण, बजारीकरण र उच्चस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने गरेकाछौं । यो लन्च नेपालमा हाम्रो सफलताको एउटा प्रमाण हो । आगामी महिनाहरुमा हामी पोखरा र काठमाडौँमा आफ्नो पद्चिन्ह गहीरो बनाउने तयारी गरिरहेका छौँ ।”

हालको लन्चसंगै पोखरामा ओयोका कोठाहरू संख्यामा ५०० पुगिसकेका छन् । नेपालभरि ८० भन्दा बढी होटलहरूको साथ साझेदारी गरिसकेको ओयोका १४००ंं आरामदायी, आधुनिक सुविधायुक्त, एयरकंडीशनिंग, सफा लिनन, निस्शुल्क वाई फाई, टेलिभिजन र ७ दिन २४ घन्टाकै सुविधायुक्त सुसज्जित कोठा कम्तिमा प्रति रातको रु ९०० देखि औसतमा रु २००० मा उपलब्ध छन् । यो कम्पनी पोखरा प्रिमियर लीगको लागि आधिकारिक आतिथ्य साझेदार पनि हो र खेलाडी तथा अतिथिलाई यस शहरका ओयो होटेलहरुमा आतिथ्य पनि गरिनेछ ।

पोखराको लेकसाइड क्षेत्रमा यात्रीहरूको उच्चतम आवतजावत हुने गरेको छ । नेपाल रमाइलो देखि व्यापार, एड्भेन्चर र तीर्थ यात्रासम्म गरि सबै प्रकारका पर्यटकहरुको आवश्यकताहरुलाई पूरा गर्न सक्ने विविधता भएको ठाउँ भएकाले ओयोको लागि एक मजबूत बजार हो । द्दण्ज्ञठ मा कम्पनीको सुरुवात गरेसँगै कम्पनीको नेटवर्कमा बुकिङको संख्यामा १० गुणा वृद्धि भएको छ ।