समाचार

राजधानीमै यस्तोः कोठामा बोलाएर पुलामीले गरे १४ बर्षिया बालिकालाई बलात्कार

काठमाडौँ । राजधानीमा एक बालिका बलात्कृत भएकी छन् । राजधानीको सोल्टीमोडमा शुक्रबार १४ बर्षिया बालिका बलात्कारकी सिकारु बनेकी हुन् । प्रहरीका अनुसार बलात्कारको आरोपमा बुधबार साँझ एक जनालाई नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय समीर पुलामी रहेका छन् । सोल्टीमोड नजिकैँ बस्दैँ आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीको भनाई छ । उनीमाथि थप अनुसन्धान जारी छ ।