मनोरञ्जन

गायिका बसन्ती भट्टको सुमधुर स्वर रहेको ‘मन पागल सम्झनाले’ बजारमा (भिडियोसहित)

काठमाडौँ । खगेन्द्र बिसीको दोस्रो देउडा एल्बम बजारमा आएको छ । मन पागल सम्झनाले बोलको गीत बुधबार सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । बिसीकै शब्द र लय रहेको यो गीतमा बसन्ती भट्ट र विरसिंह रावलको सुमधुर स्वर रहेको छ ।

उदाउदैँ गरेकी गायिका बसन्ती भट्टको स्वर रहेका गीत पछिल्लो समय स्रोता दर्शकले औँधी मन पराउदैँ आएका छन् । बिशेष डिजिटलले यसको बजार व्यवस्थापनको काम गरेको छ ।

यस्तो छ गीतको भिडियोः–