राजनीति

नेपाललाई भारतमा गाभ्ने ग्राण्ड डिजाईन यही नै होः अध्यक्ष केसी

काठमाडौँ । संघीयता विरोधी मानिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशमा संघीयता रहे नेपाल नै नरहने कडा चेतावनी दिएका छन् । अध्यक्ष केसीले संघीयता निकट भविष्यमा तराई मधेश र पहाडलाई टुक्रयाएर भारतमा गाम्ने ग्राण्ड डिजाईन भएको दाबी गरेका हुन् ।

भारतको योजनाअनुसार नेपालमा संघीयता लागू गर्न खोजिएको उनको आरोप छ । “यदि संघीयता नेपालमा टिक्यो भने नेपाल टिक्नै सक्दैँन, मैले भन्दैँ आएको छु, संघीयता कालान्तरमा देशलाई भारतमा गाम्भने मास्टरप्लान हो ।, केसीले भने, नेपालको तराई भूभागलाई आफ्नो कब्जामा लिने रणनीतिमा संघीयता ल्याईएको जसको विपक्षमा आफ्नो पार्टी रहेको छ ।”

एउटा सरकार चलाउन धौँधौ भईरहेका बेला अब सातसातवटा सरकार चल्दा यसको भार जनताले थेग्न नसक्ने र भावी दिनमा नेपालमा गम्भीर आर्थिक समस्या आएर संघीयता खारेज गर्नुपर्ने अवस्था सिर्जना हुने पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीको दाबी थियो ।