पु.समाचार

नेकपाकै साँसद बिडारीको दाबी, ‘दशैँको टिका लगाउदा राष्ट्रपतिबाट गम्भीर गल्ती भयो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बडादशैँको टिका लगाउनमा राष्ट्रपति कार्यालयको सचिवालयले गम्भीर गल्ती गरेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेता, न्यायाधीश, कर्मचारी र सर्वसाधारणलाई समेत राजर्शि शैलीमा टिका लगाएकी भन्दैँ चौतर्फी आलोचना भएपछि सूर्यखबर डटकमले सत्तापक्षकै सांसद बिडारीसँग सोध्दा उनले राष्ट्रपति र राष्ट्रपति कार्यालयको सचिवालयको गम्भीर गल्ती औल्याएका हुन् ।

“प्रधानमन्त्री दम्पती, सभामुख, मन्त्री, सांसदहरुले कुर्सीमा बसेरै टिका थापेको हौ, तर पछि कुर्सी हटाईएछ, त्यो राष्ट्रपति कार्यालयको गम्भीर भन्दा पनि गम्भीर गल्ती हो, यसमा राष्ट्रपति भण्डारीले पहिला नै निर्देशन गर्नु पथ्र्यो, पहिला नै निर्देशन नगर्नुले यसमा राष्ट्रपतिको पनि गल्ती देखिन्छ ।, खरो टिप्पणी गरेर राष्ट्रीय सभा तताएका नेता बिडारीले सूर्यखबरसँग भने, कम्युनिष्ट मार्ग निर्देशक नेता मदन भण्डारीकी पत्नी सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी र उनको सरकारी निवास सचिवालयले गरेको गल्ती अब बढी उचाल्नु आवश्यक छैन ।”

नेता बिडारीले जनताबाट निर्वाचित राष्ट्रपतिको हातबाट टिका लगाउदाँ दास नबिने बरु उल्टै गौरव बढ्ने टिप्पणी समेत गरेका छन् । आफूले पनि राष्ट्रपति भण्डारीको हातबाट टिका ग्रहण गरेको बताउदै नेता बिडारीले भने, निरङ्कुश राजतन्त्रको अन्त्य गरेर जनताबाट निर्वाचित राष्ट्रपतिको सम्मान गर्न मैले पनि टिका थापेको हु । घुमाउरो पारामा साँसद बिँडारीले जनताद्वारा रनिर्बाचित राष्ट्रपति भन्ने लाज हुने अवस्था आउने बिचार ब्यक्त गर्दै यस्ता कमजोरी गर्न नहुने तर्क गरेका छन् ।

दशैँ सेलाए पनि प्रधानमन्त्री दम्पत्ती, सभामुख, मन्त्री, सांसद, प्रधानमसेनापति, प्रहरीलगायत अन्य निकाय तथा नियोगका उच्च अधिकार र पूर्व बिशिष्ट अधिकारीहरुले घुँडा टेकेर टीका थापेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरिएको छ ।