कुराकानी

बिमाको बजार फस्टक्लास छ, कम्पनी संख्या बढ्दा बिज्नेस बढ्छ –कार्यकारी अधिकृत, मनोज कर्ण (कुराकानी)

काठमाण्डौ । पछिल्लो समयमा बीमा समितिले बीमा समितिको दर्ता बन्द गरेको छ । तेहीपनि केही बर्ष अगाडीमात्र ४ वटा बीमा कम्पनीहरु दर्ता गरेको थियो । हाल १८ वटा लाईफ र २० वटा नन लाईफ गरेर जम्मा ३८ वटा  ईनस्योरेन्स कम्पनीहरुले बीमाका काम गरिरहेका छन् । बीमा कम्पनीहरु बढेपनि काम नघटेको दाबी गर्ने यूनियन लाईफ ईनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णसंग ईन्स्योरेनस क्षेत्रमा बढ्दै गएको  प्रतिष्पर्धा र चुनौतीहरुका बिषयमा सुर्यखबर प्रतिनिधिले गरेको कुराकानीको छोटो अंशः

अहिले समग्र बीमा क्षेत्रको अवस्था कस्तो छ ?
–रामै्र छ । ठिकै भन्नुपर्छ, नयाँ नयाँ कम्पनिहरु आउँदा अलिकति प्रतिस्पर्धा नै गर्नुपर्ने हुन्छ । २५ सालमा बीमा संस्थान आउँदा जति बिजनेस गरेको थियो, ०४६ सालमा नेशनल लाईफ आउँदा त्यो भन्दा बढी बिजनेस गरेको थियो । दुईटा कम्पनि आईसकेपछि फेरि ०५८ सालमा अरु ३ वटा कम्पनि आयो तिनीहरुले पनि राम्रो बिजनेस गर्न थाल्यो । ०६४ सालमा ४  वटा कम्पनि आउँदा सबैको बिजनेस बढ्न थाल्यो । ०७४ सालका पछिल्लो समय ९ वटा कम्पनिहरुले राम्रै बिजनेस लिईरहेका छन् । बिमाको बजार राम्रो छ । फस्टक्लास बजार छ, बिस्तारै यसको झन् झन् विस्तार हुदैँछ । सब ठिकठाक छ ।

भनेपछि बीमा कम्पनिहरु थपिदैँ जादा केही समस्या भएको छैन, झन् व्यापारमा बढोत्तरी भएको छ ?
–राम्रो भाछ । मार्केट नै खाली छ । पछि निकट भबिष्यमा केही हुन पनि सक्छ थपिदैँ जादा केही नहुने भन्ने होईन । नेपाल जस्तो देशमा अहिले अस्तित्वमा रहेका १८ बीमा कम्पनि चाहिँदैनन् । तर कम्पनिहरुको वर्तमान अवस्था हेर्ने हो भने राम्रै बिजनेस चलिरहेको छ । पुराना कम्पनिहरुले पहिलादेखि नै बिजनेस पाईरहेका थिए । अहिले आएका नयाँ कम्पनिहरुले पनि पाईरहेका छन् । बिजनेसमा केही फरक परेको छैन तर ५–७ बर्षपछि अवश्य फरक पर्छ । यतीका ईन्स्योरेन्स कम्पनि नेपालले थाम्न सक्दैन, अहिले समस्या नआए पनि १० बर्षपछि अवश्य फरक पर्छ ।

तपाईले बीमा कम्पनिहरु मर्ज हुुने तर्फ संकेत गर्नुभएको हो ?
–मेरो विचार त १०० % मर्ज हुन्छ ।

बीमा कम्पनिको नियमनकारी निकायले नयाँ कम्पनिको दर्ता कार्य रोक्न मिल्दैन ?
–दर्ता त बन्द गराईदिन्छन् तर तपाईको ०६४ सालमा दर्ता भएका कम्पनिलाई दिनु परेन ? त्यति बेला चारवटालाई मात्र दियो, अरुलाई पनि त अब दिनुपर्यो नि । अब अहिले नयाँलाई दिँदैन किनभने सबभन्दा पहिला बजारमा नयाँ कम्पनि चाहिन्छ कि चाँहिदैन भनेर सर्भे गर्छ । मेरो विचारमा नयाँलाई चाहि दिदैन । पहिला नै दर्ता भईसकेको छ भने त्यो अलग कुरा हो । दर्ता नभएको नयाँलाई चाँहि दिन मुस्किल छ । अहिले पनि रोक छ, अब दर्तामै रोक हुन्छ र नयाँ कम्पनिहरु दर्ता नै हुँदैनन् ।

लाईफ ईन्स्योरेन्स लगायत केही कम्पनिहरु धनी छन् तर एजेन्टहरुलाई शोषण गरेको भन्ने सुनिन्छ के हो खास कुरा ?
–छैन, छैन शोषण गरेको छैन । लाईफ ईन्स्योरेन्स धनी भनेर भन्न मिल्दैन किनकी यहाँ त सरप्लसको ९० % पोलिसी होल्डरले पाउँछ । बाँकी १० प्रतिशतमध्ये ९ प्रतिशत सेयर होल्डर र १ प्रतिशत कर्मचारीहरुले पाउँछन् ।  कम्पनिले केही प्रतिशत मात्रै पाउने हो । जहाँसम्म शोषणको कुरा छ । त्यो छैन जस्तो मलाई लाग्छ । सरकारको नियमानुसार कमिसन बाँडेकै छन् कम्पनिहरुले । ओभरराईट कमिसन पनि अभिकर्ताहरुले पाएकै छन् ।

अनि ईन्स्योरेन्स दाबी गर्दाखेरी झुलाईराखेको भन्ने समाचार आउँछ नि त ?
–मलाई लाग्दैन झुलाएको छ जस्तो । बिमा गराउने बेलामा गराउँछ र पछि क्लेम गर्ने बोलमा झुलाउँछ भन्ने भनाई मात्रै हो । तपाई व्यवहारिक रुपमा जानुभयो भने त्यस्तो छैन । कुनै कम्पनिमा क्लेम पर्यो भने नदिऔँ भनेर कसैले सोच्दै सोच्दैन् । यदि कथमकदाचित दिएन भने उक्त कम्पनिको बिजनेसमा ठूलो नकारात्मक प्रभाव पर्छ नि त । सो कम्पनिको बिजनेस चौपट हुन्छ । यदि कुनै मिडियाले लेख्दियो भने त्यसो समाचार फ्लो हुदैँ गएर धेरैको कानमा पुग्छ अनि त्यो कम्पनिप्रतिको विश्वास घट्दै जान्छ । त्यसकारणले गर्दा आजको दिनमा चाहिँ कुनै पनि कम्पनिले क्लेममा झुलाउने काम गरेको छैन ।  हाम्रो कम्पनिको सन्दर्भमा कुरा गर्नुहुन्छ भने हामीले क्लेम परेको आधा घण्टाभित्र भुक्तानी गर्छौँ । मैले क्लेम डिपार्टमेन्टलाई भनेको छु, क्लेम आयो भने अरु काम छोडेर क्लेममा सबैभन्दा पहिले भुक्तानी गर्नुपर्दछ ।

तपाईले जुन सुन्नुभएको छ त्यो हल्का फल्का रुपमा ननलाईफमा हुन्छ तर ननलाईफले पनि नदिने होईन । ननलाईफलले दिने हो । तर डिमाण्ड गर्ने व्यक्तीको खर्च भएको हुन्छ १ रुपियाँ उसले डिमाण्ड गर्छ २ रुपियाँ । बीमा कम्पनिको सर्वेयरले भन्छ यहाँ त जति खर्च भएको छ त्यही पाउँछ । बरु त्यसमा मूल्यह्रासको कुरा हुन्छ । त्यसले गर्दा घट्छ । त्यसले आईटम वाईज दिन्छ । रबरहरुको आईटम भयो भने ५० प्रतिशत काटिन्छ । यसैलाई के भन्छ भन्दाखेरि बिमा कम्पनिहरुले क्लेम गर्दाखेरी दिदैन र दिएपनि कम दिन्छ । ननलाईफले पनि नदिएको होईन । नियमानुसार उसले पनि दिन्छ । पाउने व्यक्तीलाई के लाग्छ भने मैले जति पाउनुपर्ने हो त्यति दिएको छैन । पाउने व्यक्तीलाई थाहा हुँदैन नि त । कति पाउनुपर्ने सर्वेयरले बिमा कम्पनिलाई भनेको हुन्छ । त्यहि हिसाबले बिमा कम्पनिले भुक्तानी दिन्छ । अनि क्लेम गर्नेले भन्छ मैले जति पाउनुपर्ने हो त्यति पाएन । तर रियलमा ननलाईफले जति दिनुपर्ने हुन्छ त्यति नै दिएको हुन्छ । लाईफ त त्यस्तो हुँदैन । लाईफमा त मान्छेको मृत्यु भयो भने मृत्यु भयो । यसमा आधा डेथ भो २५ % डेथ भनेर भन्न मिल्दैन ।

अहिले अस्तित्वमा रहेका नेपालमा १८ वटा लाईफ र  २० वटा  ननलाईफ छन् । तपाईको युनियन लाईफ अन्य १७ वटाभन्दा के फरक छ जसले चाहिँ अरु कम्पनिलाई छोडेर तपाईकामा आओस् मान्छे ?
–छोड्नु र आउनुमा अभिकर्ता कति मुभिलाईज गरिरहेको छ भन्ने कुराले अर्थ राख्छ । बिमा कम्पनिले कति अभिकर्ता बनाईरहेको छ । अभिकर्तालाई कस्ता खालका तालिमहरु दिईराखेको छ, यसमा भर पर्छ । हामी के गरिरहेका छौ भने समसमयमा अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तालिम दिईराखेका छौ । हाम्रो ट्रेनिङ् प्यार्टन फरक खालको छ । जसले गर्दा अभिकर्ताहरुले धेरै परिचालित भएका छन् र हामीले बिजनेस पनि राम्रो लिएका छौ । गत साल पनि हेर्ने हो भने हामीले ८६ करोड ५० लाखको बिमा ल्याएका थियौ । यसपालि हेर्ने हो भने दुई महिनामै २२ करोडको हाराहारीमा बिमा ल्याएको छौ । यसको कारण के हो भने हाम्रो टिम राम्रो छ र त्यही अनुसार टिमलाई दक्ष बनाईकन परिचालन गरेका छौ । अभिकर्ताहरुले त्यही हिसाबले काम गरिरहेका छन् ।

अहिले युनियन लाईफमा कतिजना अभिकर्ताहरु कार्यरत छन् ?
–युनियन लाईफको अभिकर्ता करिब ६ हजार नाघिसके । त्यो ६ हजारमध्ये केही प्रतिशत अभिकर्ता सक्रिय हुदैनन् र बाँकी अभिकर्ताहरुले राम्रो काम गरिरहेका छन् । त्यसको कारण हो समयसमयमा हामीले सञ्चालन गरिरहेको तालिमको । अभिकर्ताहरुलाई दिएको तालिमले युनियन लाईफले राम्रो प्रतिफल पाएको छ ।

जे होस् अरु कम्पनि भन्दा युनियन लाईफ फरक छ ?
–सेवाकै शैली हाम्रो फरक छ । क्लेमको पार्टमा अरुभन्दा फरक छौ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले एउटै पोलिसी लागू गरेका छौ । अभिकर्ताहरुलाई पनि कामप्रति झन् प्रोत्साहित गर्नका लागि टाईमिङ् कमिसन दिईरहेका छौं ।

सरकारबाट के र कस्तो खालको सहयोगको अपेक्षा गर्नु भएको छ ?
–अब खास सरकारको सहयोगसँग हामीलाई मतलब छैन । हामीले नियमानुसार काम गरिरहेका छौ ।

सरकारको यो सँग सम्बन्धित नीति, नियमले केही अप्ठ्यारो त पारेको छैन ?
–छैन् । छैन् । सरकारले पूर्णरुपमा सहयोग गरेको छ । सरकारले बिमाको नियमनकारी निकाय बनाईदिएको छ । त्यसैले लागू गरेको नियमावलीमा हामीले चल्नुपर्ने हुन्छ । चलिरहेकै छौं ।

तपाई कार्यकारी मात्रै नभएर बिमा बिज्ञ पनि हो । यो बिमा क्षेत्रमा तपाईले देख्नुभएका कमिकमजोरी र समस्या केके छन् ?
–यो क्षेत्रमा कुनै खास समस्या र कमिकमजोरी छैनन् । स्टाफहरुको टर्नओभर बढी हुन्छ । एक कम्पनिका अर्को गर्दै कर्मचारीहरु जाने आउने गर्छन् तर यसलाई कमजोरी भन्न मिल्दैन ।

त्यसो भए बिमा कम्पनिहरु पूर्ण छन् ?
–सबैले आ–आफ्नै हिसाबले काम गरिराखेका छन् । अब हल्काफुल्का म्यानपावरमा केही कमिकमजोरी नभएका होईनन् तर हरेक बीमा कम्पनिले आ–आफ्नै तरिकाले कर्मचारीको व्यवस्थापन गरिरहेको छ ।

जस्तो यो कम्पनिको तपाई कार्यकारी प्रमुख अथवा डिपुटी सिईयो अर्को कम्पनिमा जानुभयो भने कम्पनिलाई धेरै ठूलो असर पर्छ होला हैन ?
–हेर्नुस् एक त हामीले सोचेअनुसार कोही पनि जादैन । सबैको के हुन्छ भने जुन कम्पनिमा पहिला देखि नै काम गर्या छ त्यो कम्पनि लाई नै योगदान पुर्याउने र नछोड्ने भन्ने हुन्छ । तर कथमकदाचित एक कम्पनिका कर्मचारी अर्को कम्पनिमा जाँदा कम्पनिलाई त्यति ह्याम्पर हुदैँन किनभने अर्को कम्पनिबाट पनि कर्मचारी त लिएकै होनि त ? नयाँ कम्पनिमा के हुन्छ भने हामीबाटै पनि नयाँ कम्पनिले सात आठ वटा स्टाफ लियो तर हामीलाई केही फरक परेको छैन । अर्को कुरा स्टाफ जाने बित्तिकै अभिकर्ता त जादैन नि । अभिकर्ता त पहिला जुन ठाउँमा थियो अहिले पनि त्यही ठाउँमा हुन्छ । स्टाफ परिवर्तन हुदा त्यस्तो ठूलै असर भने पर्दैन ।

दशैँको बिदाई गरिदैछ तिहारको पूर्वसन्ध्यामा छौ, यो दशैँ तिहारलाई लक्षित गरेर युनियन लाईफले केही नयाँ योजना तथा अफरहरु अघि सारको छ ?
–छैन । त्यस्तो बिशेष योजनाहरु तत्कालका लागि छैन । पुरानै योजनाहरु छन । अब नयाँ योजना तथा उत्पादनहरु ल्याउन अलिकति समय र खर्च लाग्छ । नयाँ योजना तथा उत्पादन ल्याउने प्रक्रिया भनेको लामो प्रक्रिया भएकाले त्यसका लागि होमवर्क गर्नुपर्दछ र लामो समय पर्खनुपर्छ । त्यसकारणले नेपालीहरुको महान पर्व बडादशैँ र दीपावलीको उपलक्ष्यमा पुरानै योजना तथा प्रोडक्टहरु चल्दछन् ।

अन्तिममा सूर्यखबर डटकमका पाठकहरुलाई के भन्नुहुन्छ ?
–म के भन्न चाहान्छु भने आउनुस् बिमा गर्नुस्, सबैले बिमाको बारेमा बुझुन् । बिमा गरेर आर्थिक रुपले सुरक्षित रहनुस् । परिवारमा कमाई गर्ने मुख्य व्यक्तीको जीवनमा तलमाथि भयो भने त्यसको आर्थिक प्रभाव समग्र परिवारमा पर्दछ । त्यसकारण आजै बिमाको महत्वबारे बुझेर आजै बीमा गर्नुस र आर्थिक हिसाबले सुरक्षित हुनुस् । त्यहि हाम्रो चाहना छ । सूर्यखबर डट् कम् ले यूनियन लाईफका योजनाहरु जनतासम्म लान सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन चाहन्छु ।