आर्थिक

एनआईसी बैंकद्वारा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । आई सी एशिया बैंकले आज एक हजार अंकित दरका ४० लाख कित्ताले हुन आउने चार अर्व बराबरको “११५ एन आई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको “११५ एन आई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको भन्दै प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।
उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंकका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्तदवारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चार अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।
उक्त कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन् ।