राजनीति

ओली सरकार ईतिहासकै असफल सरकार बनिसक्योः कांग्रेस नेता साउद

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ८ महिनाको अवधिमा मुलुकको अर्थतन्त्रतहसनहस बनाएको गम्भीर आरोप लगाएका छन् । मंगलबार रिपोर्टस क्लबमा बोल्दैँ नेता साउदले नेकपाको आन्तरिक द्धन्द्धमा सरकार मिसिएको आरोप लगाएका हुन् ।

“ओली सरकारले वर्तमान अवस्थामा जनतालाई दुसी र सुख दिनुको साटो दुःख दिईरहेको छ, आफहरुको धर्म आलोचना गर्नुनै भएको तर नेकपाकै वरिष्ठ नेता माधव नेपालले सरकार ढल्नेतर्फ संकेत गरेकाले वर्तमान सरकार ईतिहासकै असफल भएको पुष्टि गर्छ ।, नेता साउदले भने, वर्तमान सरकार मन्त्रीहरु मनपरीतन्त्र मच्चाईरहेका, तस्करहरुलाई संरक्षण गरेका, आफू नै भ्रष्टाचारमा संलग्न रहेका छन”

नेता साउदले निर्मला पन्तको बलात्कारपछि भएको निर्मम हत्या भएको दुई महिना बितिसक्दा समेत सरकार लाचार बनेको आरोप लगाएका छन् । निर्मला हत्याकाण्डमा सरकारले दुईचार जना प्रहरी अधिकारीलाई निलम्बन गरेर जनतालाई यो घटना बिर्साउने कोसिस गरेको उनको दाबी छ ।