मनोरञ्जन

सुविसुधाले ल्याइन् अमेरिकाबाट सबैलाई रुवाउने दशैं गीत (भिडियोसहित)

भर्जीनिया । सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत म्युजिक भिडियोसहित सार्बजनिक गरेकी छन् । गायक अर्जुन सुनामको श्वर तथा संगीत रहेको यस गीतमा मूख्य अभिनय भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको रहेको छ।

आलाप रेकर्डिंग स्टुडियोले बजारमा ल्याएको उक्त गीत अमेरिकामै सुटिङ् गरिएको हो । काठमाडौंबाट सूचना प्रविधिको प्रयोग अनलाइन लाइभमार्फत् उक्त गीतको म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका हुन् । भिडियोको प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका थिए । सूचना प्रविधिको प्रयोग भरपुर प्रयोग गरिएको यस गीतको म्युजिक भिडियोमा नयाँ प्रविधिको सफल प्रयोग गरिएको निर्देशक हेम प्रभाष बताउँछन् । एकान्त मगरको सम्पादन रहेको गीतको छायाड।कन वरिष्ठ फोटोग्राफर राजिब श्रेष्ठले गरेका छन् ।

गीतले भन्छः
परदेशीलाई दशैं तिहार रुवाउने बाटो
घरी घरी दुख्छ मन खुशी हुनको साटो ।
एक्लो पन छ उदासीन छ हेर्छु जताजता
मेरो दशैं उतै छुट्यो म मात्र छ यता ।

गीतमा रहेका यस्ता मार्मिक शब्दहरुले परदेशमा रहेकाहरुलाई आफन्त र परिवारका सदस्य सम्झाभएर रुवाउँछन् । कविता, गीत, आख्यान लेख्दै आएकी सुबिसुधाका अन्य दर्जनौं गीतहरू रेकर्ड भएका छन् । उनका एक दर्जनभन्दा बढि कथा, गजल, कविता विविध विधाका पुस्तकहरू प्रकाशित छन् । धादिड।को केवलपुरमा जन्मिएकी गीतकार सुबिसुधा अमेरिकाको भर्जिनिया राज्यस्थित फेडरिक्सवर्ग शहरमा बसोबास गर्दै आएकी छिन् ।

दसैंको नयाँ गीत तलको लिंकमा हेर्नुहोस्ः–