राजनीति

तरुण दल अब ६५ औं बर्षमा, शनिबार भब्य कार्यक्रम गरि स्थापना दिबश मनाईने

काठमाण्डौ । नेपाली काँग्रेसको सशक्त भातृसंस्था नेपाल तरुणले आफ्नो ६५ औं जन्मजयन्ती भब्य रुपमा मनाउने भएको छ । २०१० साल कात्तिक १० गते स्थापना भएको तरुण दलको ६५ औं बर्ष भएको अवशरमा काँग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा उक्त स्थापनादिबश मनाउन लागिएको हो ।
नेपाली काँग्रेसको एकमात्र शसक्त भातृसंस्था नेपाल तरुण दलले पछिल्लो समयमा महंगी, भ्रष्टाचार, लोकतन्त्री बिरुद्धमा भएका बिभिन्न गतिबिधिबिरुद्ध देश ब्यापी आन्दोलन गरि आवाज उठाईरहेको छ भने नेपाली काँग्रेसलाई बपलयो शक्तीक रुपमा स्थापीत गर्न ब्याक बोनको रुपमा काम गरिरहेको छ ।
तरुण दल केन्द्रीय समितिले आउदो शनिबार बिहान ८ बजेदेखी १०.३० बजे सम्म मनाईने स्थापना दिबशका अवशरमा उपस्थिित हुन सबैलाई अनुरोध गरेको छ । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भबन सानेपा ललीतपुरमा हुने अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । अध्यक्ष बस्नेत केही महिना अघि भएको आन्दोलमा सख्त खाईते भएका थिए ।