बाग्मती

बाघको डमरु मृतावस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको डमरु मृतावस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सौराहा नजीकै दुधौरा फाँटामा करीब चार महीनाको डमरु मृतावस्थामा फेला परेको हो ।

ढकालका अनुसार माउले छाडेर खान नपाएर वा अरू बाघले आक्रमण गरेर डमरु मरेको हुन सक्छ । पछिल्लो समय बाघको सङ्ख्या यस निकुञ्जमा घटेको तथ्याङ्क छ । साउनयता मात्र यसअघि दुई वटा बाघ मरेका थिए । साउन १५ र २८ गते बुढो भएको बाघ मरेको उनले बताए ।

सन् २०१८ मा गरिएको बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका छन् ।