राजनीति

उपसभापती निधीको दाबीः नेपाली काङ्ग्रेसभित्र कुनै पनि गुट उपगुट छैन

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए ।

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ”