राजनीति

नेकपाको बैठक आजपनि बस्दैँ, माधव नेपालको असन्तुष्टीबारे गम्भीर छलफल हुने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आजपनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको बैँठकले सरकारको काम कारवाहीको गम्भीर समीक्षा र पार्टीको आन्तरिक विवादबारे छलफल भएको थियो भने सोमबार प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटिको गठन लगायत बिषयमा छलफल गर्न बैँठक बस्न लागेको हो ।

बैँठकमा पार्टी भित्र पछिल्लो समय बढेको असन्तुष्टीलाई सम्बोधन गरिने गरी तयारी भएको स्रोतले जानकारी दिएको छ । प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, सचिव, नियुक्तीमा पार्टी अध्याक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गरेको भन्दैँ पार्टी वरिष्ठ नेता माधव नेपालले सार्वजनिक रुपमै असन्तुष्टी जनाउदैँ आएका छन् ।

यस्तै, आजको बैँठकले कात्तिक १२ र १३ गते हुने स्थायी समिति बैठकको कार्यसूची समेत तर्जुमा गर्नेछ ।