राजनीति

देश र जनताका लागि ज्यानदिन तयार छुः काँग्रेस नेता बलायर

काठमाण्डौ । काँग्रेस केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफू देश र जनताका लागि ज्यान दिन तयार रहेको बतचाएका छन् । पछिल्लो समय आफ्नो गहृजिल्ला डोटीमा कार्यकर्ता तथा जनतासंग बिकास निर्माणका लागी हातेमालो गर्न ब्यस्त रहेका बलायरले दशैंको अवशरमा कार्यकर्ताहरुलाई टीका लगाईदिने तथा मान्यजनबाट टीका लगाउने कार्यक्रम गर्दै उक्त कुरा बताएका हुन् ।
डोटीको सिखर नगरपालीकामा भएको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै आफूले निर्बाचन हारेपनि आफ्ना क्षेत्रका जनताबाट नभाग्ने बर दुःख सुखमा सधैं सहयात्रा गरिरहने बताएका हुन् ।

पूर्ब भौतिक योजना तथा निर्माणमन्त्री रहेका नेता बलायर सादा जिबनमा बिश्वास गर्ने काँग्रेस नेतामा पर्दछन् । केही महिनादेखी उनी गृहजिल्लामा सकृग देखिन्छन् ।