आर्थिक

हिमालय एअरलाइन्सको चीनमा नयाँ उडान सुरु

काठमाडौ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउसो ४ः५५ मा आफ्नो उद्घाटन उडान भरेको यस एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११:०५ मा अवतरण गरेको थियो ।

आउदो कात्तिक २ गते चोङकिङबाट हिमालय एअरलाइन्सको जहाजले स्थानीय समय रातको १२:०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ :५५ मा अवतरण गरेको थियो ।

‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो । हामी एक पाइला अगाडि सर्न पाउँदा एकदमै हर्षित छौं । यो उडानको सुरुवातस“गै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं । चीनको चोङकिङबाट काठमाडौं उडान भर्ने पहिलो र एकमात्र वायुसेवा संस्था भएकोमा हामी गर्वान्वित छौं । चोङकिङमा विदेश यात्रा गर्ने मानिसहरु प्रशस्त रहेका छन् । चोङकिङबाट विदेश यात्रामा निस्कने यात्रुको संख्या प्रशस्त हुने भएकोले हामीलाई उडान भर्न समस्या नहुने कुरामा विश्वस्त छौं’ उपाध्यक्ष विजय श्रेष्ठ बताउछन्, ‘हिमालय एअरलाइन्सले धेरैभन्दा धेरै चिनिया“ पर्यटक नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

चीनको केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहा“ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्रको रुपमा पनि रहेको छ ।

नेपाल चिनियाँ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आर्कषक नयाँ गन्तव्य बन्न थालेको छ । विगत दुई बर्षमा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरुको तथ्यांकले यो कुरा पुष्टि गर्दछ । २०७३ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यून स्तरमा पुगेको थियो । त्यसपश्चात नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ ।

सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनियाँ पर्यटक रहेका छन् ।

चोङकिङ–काठमाडौंवीच सीधा हवाई सम्र्पकसँगै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नयाँ र व्यापक रुपमा आफ्नो योगदान पु¥याउने आशा राखेको छ । साथसाथै, एअरलाइन्सले चीनसँग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमा, अन्य शहरहरु बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ ।