बाग्मती

जागरणका निमित्त धार्मिक क्षेत्र अत्यन्त आवश्यक: महामन्त्री काफ्ले

काठमाडौँ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले बाहिरबाट हेर्दा र विद्यार्थीबीच क्रान्तिकारी स्वभाव पस्केका छन् । काफ्ले २०६२/६३ जनआन्दोलनका समयमा कुकुरलाई राजा बनाएर माला लगाएर साङ्केतिक रुपमा गणतन्त्रको माग गर्ने नेता थिए । काफ्ले विद्यार्थी माझँ क्रान्तिकारी स्वभाव छरे तापनि वास्तवमा उनको धार्मिक स्वभावका विषयमा धेरै व्यक्ति बेखबर रहेका छन् ।

काफ्ले पूजापाठमा अत्यन्त रुचि व्यक्त गर्दा रहेछन् । हामी गायत्री परिवारको बासवारी स्थित साधना केन्द्रमा पुग्दै गर्दा त्यहाँ काफ्ले हवनमा तल्लिन देखिन्थे ।रु चि पूर्वक हवनमा व्यस्त रहेका काफ्ले नवरात्र (दसैको) नौ दिन जलाहार गरेर गायत्री साधनामा रहेको कुरा उनी निकट स्रोतले बतायो। दैनिक गायत्री साधनामा व्यस्त रहने काफ्लेको चरित्र अनुकरणीय रहेको गायत्री परिवारको सदस्यले बताए ।

गायत्री परिवारका सदस्यहरु यस्तो धार्मिक चरित्र भएको काफ्ले जत्तिकै मानिस राजनितीको केन्द्रमा पुगेभने जनताको नेताप्रति विश्वास बढ्ने कुरामा विश्वस्त देखिए । ‘म सानै उमेरबाट धार्मिक परिवेशमा हुर्किएको मान्छे हुँ, मेरो चरित्र सानोदेखि धार्मिक हो अहिले राज्यमा बढिरहेको हत्या, हिंसा बलात्कार जन्य लुटतन्त्र मच्चिरहेको समयमा जागरणका निमित्त धार्मिक क्षेत्र अत्यन्त आवश्यक रहेको छ, काफ्ले ले भने ।’

बढ्दो धर्म परिवर्तनलाई निरुत्साहित बनाउनका लागि र धार्मिक जागरणका लागि साधना आवश्यक छ ।