अन्तर्राष्ट्रिय

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

सान जोसे । नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ ।

कोस्टारिकाको नारान्जीतो नदीमा डुङ्गामा रहेका चौध जना पर्यटक र तीन जना गाइडमध्ये चार जनाको मृत्यु भएको हो । नदीमा बाढी आएका कारण डुङ्गा पल्टिएको बताइएको छ । कोस्टारिकामा राफ्टीङ निकै लोकप्रिय मानिन्छ । आजभोलि यहाँका नदीहरुमा बाढी आउने गरेको छ ।