*मुक्तक*
१. साथमै राख्यौ भने, निशानी हूँ म
भुलिदियौ भने, कहाँनी हूँ म
खुशीको घाम होस् या दुस्खको बादल,
दुइटैमा वर्षिने, त्यो पानी हूँ म
–शिरिष दाहाल
२.तिम्रो याद तिमी सङ्गै पठाईदिए मैले
मुटु बाट तिम्रो तस्बिर हटाईदिए मैले
पैसा सङ्ग माया साट्ने तिम्रो नीति देख्दा,
तिम्रो नाम जीवन बाटै कटाईदिए मैले
–मौसमी बयाक
३.एकचोटि त मुहार हेर्छु भनि बाचेको थिए
पोहोर सगै परार मईले मुटु भाचेको थिए
यो साल पनि आएन प्रदेशबाट मेरो छोरो,
अलिकति भएपनि दक्षिणा साचेको थिए
–ज्ञानेन्द्र पूर्वेली
४. जति टाढा भएनी म तिम्रो नजिकै हुन्छु नी
बिछोड्को मैलो दाग सबै मायाले धुन्छु नी
एकदिन देख्न नपाउँदा छोडेर गयो नभन,
एक्लै तिमी रोयौ भने म पनि सँगै रुन्छु नी
–विनोद श्रेष्ठ
५. सहयोगी मन हरायो ! दुखमा घेर्निको भेला छ त्यहाँ
पाइलै पिछे गिद्द्को जस्तो ! नजर फेर्निको भेला छ त्यहाँ
बिश्वास र माया गर्नीहरु को जमाना गएछ सायद,
अरुको घाँटी रेटि ! आफू स्वास फेर्निको भेला छ त्यहाँ
–अप्सरा कँडेल
-समकालीन साहित्य प्रतिष्ठानबाट