प्रदेश 2

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शनिवार धनुषाबाट सर्लाही जाँदै गरेको ना.१ज.२९०२ नम्बरको टाटासुमो बर्दिबास नगरपालिका–१ स्थित सडकमा सोही दिशामा जाँदै गरेका पैदल यात्रु हेम्जनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।