राजनीति

नेकपाको सचिवालय बैठकः मन्त्री फेर्ने देखि पार्टी भित्रको किचलोबारे घनिभूत समीक्षा हुदैँ

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैँठक झण्डैँ १ महिनापछि आईतबार बस्दैँछ । केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि अन्तरालमा बस्न लागेको बैठकमा सरकारको कामको समीक्षा, मन्त्रीहरुको फेरबदलबारे आएको चर्चा, पार्टीभित्र केही नेताहरुमा देखिएको असन्तुष्टी लगायत बिषयमा गम्भीर छलफल हुन लागेको स्रोतले बताएको हो ।

‘सरकारले जनताले चाहे अनुसार परिणाम निकाल्न नसकिरहेको र पछिल्लो समय जनगुनासो ह्वात्तैँ बढेको भन्दैँ बैँठक बस्न लागेको हो, स्रोतले भन्यो, झण्डैँ १० महिना बितिसक्दा समेत सोचे अनुसारको प्रतिफल आउन नसकेको भन्दैँ सरकारका गतिविधीबारे गम्भीर समीक्षा गरिने भएको हो ।’

त्यस्तै पछिल्लो समय पार्टीमा बढेको विवाद समाधानका लागि बैठक बस्ने जनाईएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले लिखित रुपमै राखेको असन्तुष्टीका बिषयमा समेत आजको सचिवालय बैँठक केन्द्रीत हुने बताईएको छ । पार्टीभित्र प्रादेशिक ईन्चार्ज र सचिव तोक्ने बिषयमा पार्टी अध्यक्षद्वयले एकलौटी निर्णय गरेको भन्दैँ चरम विवाद उत्पन्न भएको छ ।