समाचार

होसियार ! नक्कली नोटको विगविगी बढ्यो, राजधानीबाट झण्डैँ ४ लाख नक्कली नोटसहित ५ जना समातिए

काठमाडौँ । राजधानी काठमाडौ उपत्यकामा नक्कली नोटहरु छ्याप्छ्याप्ती फेला पर्न थालेका छन् । उपत्यकाकाको काठमाडौँ र ललितपुरबाट करिब ४ लाख नक्कली नोटहरु फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँले दशैँ तिहारमा चलाएको छड्के अपरेसनमा करिब ३ लाख ७० हजार बढी नोटहरु बरामद गरिएका छन् ।

नक्कली नोटको बिगबिगी बढेपछि गरिएको प्रहरी अपरेसनमा ५ जनालाई नियन्त्रणमा लिईएको छ । नियन्त्रमा लिईकाहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिदैँछ ।

प्रक्राउ पर्नेहरुमा प्रमुख योजनाकार तथा सिराहा जिल्लावाट हात हातहतियार तथा खरखजाना मुद्दामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका २७ बर्षीय ईन्द्र वहादुर श्रेष्ठ, गोरखाका २५ बर्षीय नारायण श्रेष्ठ, मकवानपुरका २५ बर्षिय साहिल थापा मगर, पर्साका २८ बर्षिय राज श्रेष्ठ, काठमाडौका २९ बर्षिय विकास दोजे रहेका छन् ।