प्रदेश 2

नाच हेरेर फर्किदा १६ वर्षीय बदनको घटनास्थलमै मृत्यू भयोः एसपी चौधरी

कलैया । नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्ट्रर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

ना४त ३५९१ नंको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिईन् ।

ट्याक्ट्रर पल्टिँदा सोही ठाउँका कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दशैँको अवसरमा चिउटाहामा लागेको मेलामा बतराका युवाहरु ट्याक्ट्रर चढेर नाच हेर्न आएका थिए । तीव्रगतिका कारण ट्याक्ट्ररको दुर्घटना हुन सक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।