समाचार

प्रधानमन्त्री ओलीद्वारा बुबा मोहनप्रसादबाट टीका ग्रहण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गरे ।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।