लुम्बिनी

शशीरामको घरमा आगलागि हुदाँ करिब चार लाख जल्यो

रुकुम । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ ।

राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद रु एक लाख गरी रु चार लाख बराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए ।

आगलागी पीडित खत्रीका श्रीमान श्रीमतीले भारतबाट कमाएर ल्याएको नगद जलेको बताइएको छ । खत्री दम्पती दशैँ मनाउनका लागि केही दिनअघि मात्र नेपाल आएका थिए । खरले छाएको घरमा कसरी आगलागी भयो भन्ने बारेमा खुल्न नसकेको वडा सदस्य जैसीको भनाइ छ ।

खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । आगलागी भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भए पनि घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगो स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।

अहिले खत्रीको परिवार आफ्ना आमा बुबाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिए ।