समाचार

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा कुन-कुन रुटमा चल्दैँछ ?

पोखरा । नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको व्यानरसहितको लामापाटनबाट बिहान १० बजेदेखि छुट्ने दुई बस पोखराका अमरसिंह, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ ।

दशैँको अवधिभर हुनसक्ने कुनै पनि जोखिमका लागि तालीम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने योजना रहेको बताउँदै उहाँले एम्बुलेन्स आवश्यकताका लागि तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बताए ।

भलिबलको उपाधि ठकुरी समाजलाई

विजयादशमी तथा शुभदीपावलीको अवसरमा पोखरा महानगरपालिका–३२ स्थित जनकल्याण युवा क्लबद्वारा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे तनहुँले हात पारेको छ ।

प्रतियोगितामा भएको फाइनल खेलमा ठकुरी समाजले भानुमती युवा क्लब चैनपुर तनहुँलाई पराजित गर्दै उपाधिसहित रु ५१ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गरेको हो । घटस्थापनादेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उपविजेता टिमले रु ३१ हजार नगदसहित मेडल तथा ट्रफी प्राप्त ग¥यो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।