राजनीति

यो देशको विकास कांग्रेस बाहेक अरुले गर्नै सक्दैनः नेता सिंह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले आफ्नो जिम्मेवारी र कर्तव्य भुल्दैँ गएको आरोप लगाएका छन् । दसैं तथा नेपाल सम्वत् को शुभकामना आदानप्रदान गर्न राजधानीमा आयोजित कार्यक्रममा बोल्दैँ नेता सिंहले दुई तिहाई बहुमत सहितको दम्भले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार रनभुल्ल बनेको आरोप लगाएका हुन् ।

जनताको जिउधनको सुरक्षाको प्रत्याभूति गर्न नसकेको, जनतालाई महङ्गीमा चोपलेको लगायत आरोप नेता सिंहले सरकारमाथि थोपरेका छन् । ‘अहिलेको कम्युनिष्ट सरकार दुईतिहाईको दम्भमा रुमल्लिएर जनता र देशका प्राथमिकता बिर्सेको छ, जताततै बलात्कारका घटना घटिरहेका छन्, उनले भने, सरकार भने मौन छ । चुनाव अगाडी कम्युनिष्ट सरकारले जनतालाई उल्लु बनाएको अहिले छर्लङ्गै भएको छ ।’

कांग्रेसकै कारण यो देशमा संविधान बनेको, संविधान कार्यान्वयनको ८० प्रतिशत काम कांग्रेसकै नेतृत्वमा भएको र अब विकास र समृद्धि पनि कांग्रेस बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् ।