बाग्मती

नालामा बस पल्टाएर चालक फरार, १२ जना गम्भीर

चितवन । भरतपुर आँपटारी देवघाट सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा तीस जना सवार थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सिटी बस चालक फरार रहेको छ ।