अन्तर्राष्ट्रिय

प्रधानमन्त्री आबे पाँच दिने भ्रमणका लागि युरोपतिर

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया¬ युरोप बैठकमा पनि सहभागी हुने बताईएको छ ।

त्यस भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरुमा द्धिपक्षीय र बहुपक्षीय बैठकहरुमा कुराकानी हुने जानकारी दिएक थिए ।

प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नेछन् ।

त्यसैगरी उनले स्पेनका राजा फिलिप छैठौँसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेaको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

फ्रान्समा उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग औपचारिक तथा द्धिपक्षीय भेट गर्नेछन् । सो भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

सो भेटका क्रममा जापान फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ ।त्यस क्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताका बारेमा पनि उहाँहरुबीच कुराकानी हुनेछ ।

प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्नुहुने छ । ब्रसेल्समा आयोजना हुने दुई दिने एसिया युरोप बैठकमा उनी सहभागी हुने कार्यक्रम रहेको पनि उनको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ ।
यस बैठकमा एसिया र युरोपका नेताहरुको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेताहरुसँग पनि उनले द्धिपक्षीय वार्ताहरु गर्नेछन् ।

यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरु रहेका छन् । तीमध्येका यस पटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तिकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्नसक्ने उपायहरु रहेका छन् ।

उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ । –