प्रदेश 2

लागुऔषधसहित तीन युवकलाई हतकडी

गौशाला । प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो लागुऔषधसहित पक्राउ परेका ती युवकमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ ।