मनोरञ्जन

संचार मन्त्रालयको निर्देशनको अवज्ञा, पोर्न साईटहरु यसरी खुलेआम हेर्न पाईन्छ

काठमाण्डौ । सूचना तथा सांर मन्त्रालयले पोर्न साईट बन्द गराउन नेपाल टेलिकमलाई निर्देशन दिएपनि ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बन्द गरेका छैनन् । लगायतका चर्चित पोर्न साईटहरु भदौ २३ गते शनिबारको मन्त्रालयको निर्णय अनुसार नेपाल टेलिकमले बन्द गर्न निर्देशन दिएपछि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बन्द गरेपनि अहिले अधिकाँस साईटहरु खुलेका छन् ।

यस बिषयमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यसंग कुरा गर्दा आफूलाई जानकारी नभएको बताएकी छन् । केह दिन अगाडी पोर्न साईट ब्रोजरमा खोल्दा सरकारी निकायको निर्देशनका कारण साईटहरु बन्द गर्नुपरेको लेखेर साईट नखुल्ने बनाईएको भएपनि आज सप्तमीका दिन खुलेका छन् ।

‘इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्दछ,’ भन्दै मन्त्रालयले अश्लील सामग्रीमा रोक लगाउन निर्देशन दिएपछि बन्द प्रायः भएको थियो ।
केही ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुसंग सोध्दा उत्तर दिन मानेनन् भने केहीले दशैंका कारण आफूहरु बाहीर भएको बताए । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यसंग यस बिषयमा सोध्दा मन्त्रालयको निर्देशन आउने बित्तिकै आफूहरुले उक्त साईट बन्द गरेको बताईन् । उनले भनिन्, सायद आफू बाहीर भएको बेला भएर जानकारी नभएको हुन सक्छ, म बुझ्छु । टेलिकमका सहप्रवक्ता शोवन अधिकारीलाई ९८५११०५००० मा ४ पटक कल गर्दा समेत रिसिभ गरेनन् ।

३/४ सय सय बन्द भईसक्यो, मोटामोटी एक हजार भन्दा बढी साईट छन् भन्ने तथ्याँक देखिएको छ । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयसंग समन्वय भईरहेको छ, सबै साईट बन्द भएको छैन, रेप लगायतका अपराधका घटनाहरु नियन्त्रण गर्न यस्ता प्रकारका साईटहरु बन्द गर्नुपर्छ भन्ने प्रहरीको मान्यता रहेको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बताए ।

साईटका लिंकहरु राख्दा पुरै भिडियो देखिएर राख्न नमिल्ने हुंदा यो समाचारमा राखिएको छैन ।