बाग्मती

दशैँमा काठमाण्ठडौका लागि प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् ।

नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ । त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्साल सम्म पनि प्रहरीको बस चल्नेछन् ।

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् ।

प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ । प्रहरीले गत वर्षपनि अष्टमी, नवमी र विजयादशमीको दिन काठमाडौा उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।