आर्थिक

ज्योति विकास बैंकको एघारौंं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले नक्साल ब्याङ्केटमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता गरी संचालक समितिको तर्फबाट सभा समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४०५ का दरले हुुने रु.२१ करोड ८० लाख ६२ हजार ७ सय ५३ (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ । प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गरेमन छन् ।

अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिए पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योतिविकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्ने जनाईएको छ ।

हाल बैंकले आफ्ना ७२ वटाशाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आ.व.माबैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।