आर्थिक

एनआईसी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै

काठमाडौँ । “सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथएनआई सी एशिया बैंकले आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमा बसी रहन नपर्ने र अब घरैमा बसी झण्झट रहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सकिने जनाईएको छ ।

अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नतिबचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नेछन् । यस सुविधाबाट देश तथाविदेशमा रहेका ग्राहकहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको छ ।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।