राजनीति

बाबुरामको दाबीः ओली सरकार चाडैँ ढल्छ, अब धेरै समय टिक्नै सक्दैँन

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दुईतिहाई बहुमतसहितको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको दाबी गरेका छन् । सोमबार गृहजिल्ला पुगेका डा. भट्टराईले केपी शर्मा ओलीको नेतृत्वको अहिलेको शक्तिशाली सरकारले १ बर्षसम्म केही पनि गर्न नसकेको दाबी गरेका हुन् ।

अहिलेको सरकारले ज्ञानको कमिको कारण एकबर्ष सम्म केही गर्न नसकेको र भबिष्यमा पनि केही गर्न नसक्ने संयोजक भट्टराईको भनाई छ । ‘सरकारले अहिलेकै गति र यही बाटो प्रयोग गरेर अगाडी बढ्यो भने यो सरकारको विकल्प जनताले चाडैँ खोज्नेछन्, उनले भने, पछिल्लो समय हत्या, बलात्कार, एसिया प्रहार लगायत महलिामाथि गम्भीर हिंसाहरु भईरहदाँ पनि सरकार मुकदर्शक बनेको छ ।’

वर्तमान सरकार कमिसनको खेलमा लागेर बुढीगण्डकी निर्माणको जिम्मा निजी कम्पनिलाई दिएको आरोप भट्टराईको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले सबै अधिकार आफैँले कुम्ल्याउन खोजेको र प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न गर्न नसकेको बताए ।