समाचार

पूर्वराजाहरुले लगाउने श्रीपेच आजदेखि सबैले हेर्न पाउने, कतिवटा हिराका टुक्रा र मणि छन् श्रीपेचमा ?

काठमाडौँ । नेपालका पूर्वराजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा पूर्व राजदरबार नारायणहिटीबाट सोमबार श्रीपेच सार्वजनिक गरिएको हो । हिरामोती, माणिक, नवरत्न, सुन जडित श्रीपेचलाई अब सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् ।

कडा सुरक्षा व्यवस्थाका साथ सिसाको सोकेसमा बुलेट प्रुफ श्रीपेच, पूर्व रानीहरुले लगाउने रानीको मुकुट, राजदण्ड, तरबार लगायत अन्य सामग्रीहरुलाई राखिएको छ ।

के बाट बनेको हुन्छ श्रीपेच ?
हिरामोती, माणिक, नवरत्न, सुन लगायतका बुहमूल्य श्रीपेच धातुहरुबाट श्रीपेच बनेको छ । श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्राहरु रहेका छन् । त्यस्तै श्रीपेचको पछिल्तिर झुण्डिने कल्ली वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर ले बनेको छ । राजदण्ड र चमर भने सुनैसुन जडित छ ।